वीरगन्ज :

सान्भि इनर्जीको आईपीओ खुला

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
3.1kViews
1619 Shares

काठमाडौं,०५ वैशाख । सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले इलाम जिल्लाका बासिन्दा र वैदेशिक रोजगार स्वीकृति प्राप्त नेपालीहरूलाई क्रमशः ८ लाख ८० हजार कित्ता र २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गर्दैछ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले चैत्र ११ गते आईपीओ निष्काशनको स्वीकृति पाएको हो। कुल ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिइएको छ।

सान्भि इनर्जीले इलाम जिल्लामै रहेको ७.६ मेगावाट क्षमताको जोगमाइ खोला जलविद्युत आयोजना मार्फत २०७४ सालको वैशाख १८ गतेदेखि विद्युत उत्पादन गर्दै आइरहेको छ। साथै, कम्पनीले हाल ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड आयोजना निर्माणको कार्य पनि अघि बढाइरहेको छ।

कम्पनीको आईपीओमा आवेदन दिन चाहने योग्य नेपालीहरूलाई यो अवसरले लगानी गर्न थप सहज बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *