
श्रेणी : अपराध
बीरगन्ज,०५ वैशाख । पर्साको जिराभवानी गाउँपालिका-३ नोकाटोलाबाट लागू औषध नाइट्राजेपामसहित दुई युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र सेढवाबाट खटिएको संयुक्त टोलीले हुलाकी राजमार्गमा सवारीसाधन तथा पैदल यात्रीहरूको जाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो।
प्रहरीका अनुसार स्वर्णपुरबाट बीरगन्जतर्फ आउँदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकलमा सवार दुई युवकको साथबाट ८८६ वटा नाइट्राजेपाम ट्याबलेट बरामद गरिएको हो।
प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मोटरसाइकल चालक जिराभवानी-५ निवासी २५ वर्षीय दिलिप प्रसाद राय र पछाडि सवार २२ वर्षीय राजविध्या प्रसाद खा थारुलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया