वीरगन्ज :

वीरगन्जबाट ४० जना कर्फ्यु उल्लंघन प्रकरणमा पक्राउ

श्रेणी : BANNER

6 days
Pradeep Sah
2.6kViews
1695 Shares

वीरगन्ज,३१ चैत । वीरगन्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताए । आइतबार विहान देखि १० बजेको अन्तरमा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

वीरगन्जमा शनिबार भएको घटनाले धार्मिक सदभाव विथोल्न सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनको लागि सर्वपक्षिय बैठक राखेको छ । बैठक जिल्ला प्रशासन कार्यालयमा जारी रहेको छ ।

स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर नजान स्थानीय प्रहरी प्रशासनले सूचना मार्फत अपिल गरेको छ ।

अहिले वीरगन्जकाे अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरिक्षक लम्सालले बताए । कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षा निकाय तैनाथ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *