वीरगन्ज :

मेयर सिंहद्वारा राम नवमीकाे अवसरमा नगरवासीको सुख, शान्ति र समृद्धिको कामना

श्रेणी : धर्म संस्कृति

2 weeks
Pradeep Sah
2.6kViews
1215 Shares

बीरगन्ज, २४ चैत्र । राम नवमीको अवसरमा बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विशेष पूजार्चना गरेका छन्। धार्मिक र सांस्कृतिक महत्वको दिनमा उनले घडिअर्वास्थित रामजानकी मन्दिरमा पूजा गर्दै रामचन्द्रको जन्मोत्सवको स्मरणमा नगरवासीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

मेयर सिंहले राम नवमीलाई धार्मिक मात्र नभई सामाजिक एकताको प्रतीकको रूपमा लिनुपर्ने उल्लेख गर्दै यस्त पर्वले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरे। पूजार्चना कार्यक्रममा नगरपालिकाका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो ।

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । यस पर्वमा भगवान श्रीरामको जन्मजयन्ती धूमधामसँग मनाइन्छ।

यसैअवसरमा वीरगन्ज–१० घडिअर्वास्थित रामजानकी मन्दिर परिसरबाट भगवान् श्रीरामको शोभा यात्रा निकालिएको छ । वीरगन्ज महानगरपालिका र वडा नम्बर १० को वडा समिति कार्यालयको समन्वय र स्थानीयको सहभागीतामा मन्दिर पसिरबाट निकालिएको शोभा यात्राले नगर परिक्रममा गरेको थियो ।

शोभा यात्रापछि मन्दिर परिसरमा पुगेका भक्तजनहरुलाई मेयर सिंहले प्रसादका रुपमा लड्डु वितरण गरेका थिए।

यसै अवसरमा बीरगन्जलगायत देशभरका विभिन्न मठमन्दिरहरूमा भजन–कीर्तन, पूजा–आरती, शोभा यात्रा तथा प्रसाद वितरणसहित राम नवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *