वीरगन्ज :

जनताले चाहे गणतन्त्र उल्टिनसक्ने राजेन्द्र लिङ्देनकाे चेतावनी

श्रेणी : BANNER

12 months
Pradeep Sah
2.5kViews
1410 Shares

काठमाडौं, १८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने चेतावनी दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरूको शक्तिलाई सम्मान गर्नुपर्ने र सरकारको व्यवहार सुधार गर्न आग्रह गरे।

अध्यक्ष लिङ्देनले भने, “तपाईंले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्र होइन, उल्ट्याउँछन् नै। यदि जनताले चाह्यो भने यो गणतन्त्र जान्छ। युवाको शक्तिलाई नहोच्याउनुस्।”

साथै, उनले १५ चैतको तीनकुने प्रदर्शनमा आन्दोलनकारी र सरकार दुवैले ज्यादती गरेको टिप्पणी गरे। “अस्ति १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो? त्यसको नियन्त्रण गर्ने जिम्मा सरकारको होइन?” उनले भने।

राप्रपा अध्यक्ष लिङ्देनले नेतृत्वको कथाहरू र शब्दजालको अबको पुस्तामा असर नगर्ने बताउँदै, डिजिटल युग र सूचना प्रविधिको विकासमा युवाहरू राम्रोसँग परिचित रहेको धारणा व्यक्त गरे।

उनले थपे, “तपाईंले किन राजा हटाउनुभएको रहेछ? राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न खोज्नुभयो। तपाईं राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन खालको लुटतन्त्र मच्चाउन खोज्नुभएको छ, हेरिरहेको छौं।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *