वीरगन्ज :

हेटौंडामा ट्रक र ग्याँस बुलेट आपसमा ठोक्किँदा दुर्घटना

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
1.7kViews
1747 Shares

हेटौंडा, ७ चैत्र । हेटौंडाको पूर्व–पश्चिम लोकमार्ग खण्डमा बिहीबार बिहान भारतीय ग्यास बुलेट र ट्रक एकआपसमा ठोक्किँदा ग्यास बुलेट पल्टिएको छ।

पूर्वी नाका हुँदै वीरगन्जबाट धादिङको धार्केतर्फ गइरहेको एनएल ०१-एए- ५००७ नम्बरको भारतीय ग्यास बुलेट हेटौंडा उपमहानगरपालिका–८ स्थित एचआइडी गेट अगाडि ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

बिहान करिब साढे ७ बजेतिर बुलेटको ब्रेक नलागी विपरीत दिशाबाट आइरहेको ट्रक (प्रदेश ३–०१–००१ ख ९४८१) सँग ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन। ग्यास बुलेट पल्टिए पनि चालक र सहचालक सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि केही समय सवारी आवागमन प्रभावित भए पनि अहिले बाटो सुचारु भइसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *