वीरगन्ज :

पशुपती क्षेत्र आसपास चार दिन मासु-मदिरा बिक्रीमा प्रतिबन्ध

श्रेणी : धर्म संस्कृति

1 year
Pradeep Sah
2.6kViews
1319 Shares

काठमाडौं,१२ फागुन । महाशिवरात्रि पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पशुपती क्षेत्र आसपासका क्षेत्रमा चार दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिअनुसार फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपती क्षेत्रको चार किल्लाभित्र यस्तो प्रतिबन्ध लागू हुनेछ। प्रतिबन्धित क्षेत्रअन्तर्गत गौशाला-मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्वी सिमाना हुँदै पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुह्येश्वरीसम्मका सम्पूर्ण भाग समेटिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्री-वितरण, ओसार-पसार, भण्डारण वा सेवन गर्न नपाउने व्यवस्था गरिएको छ।

यदि कसैले उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।’ प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा लाखौँ श्रद्धालु दर्शनका लागि आउने भएकाले धार्मिक क्षेत्रको पवित्रता कायम राख्न प्रशासनले यस्तो निर्णय लिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *