बीरगन्ज, ०८ फागुन । गहवामाई मन्दिरद्वारा आयोजित डोली यात्रा कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने विभिन्न व्यक्तिहरू तथा संस्थाहरुलाई सम्मान गरिएको छ। माईस्थान संचालक समितिको आयोजनामा आज सम्पन्न सम्मान कार्यक्रममा सञ्चारकर्मी, पत्रकार, स्वयंसेवक लगायत अन्य सहयोगीलाई सम्मानपत्र प्रदान गरियो ।
समितिका अध्यक्ष नरेन्द्र कुमार शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा यात्रा डेलीका राम कुमार सर्राफ, सगरमाथा टेलिभिजनका प्रणय साह, विमला गुप्ता, राजेन्द्र सिंह राजपूत लगायतलाई सम्मानपत्र प्रदान गरियो। सम्मानपत्र पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य रमेश रिजाल तथा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्यले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा समितिका पूर्व अध्यक्ष दिनाप्रसाद गुप्ता, मदन गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका नायब उपरीक्षक नरेन्द्र सिंह धामी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई लगायतको उपस्थिती रहेको समितिका महासचिव विजय कुमार उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया