वीरगन्ज :

इन्दुशंकर चिनी उद्योगद्वारा ४७ उखु किसान सम्मानित

श्रेणी : कृषि

9 months
Pradeep Sah
2.7kViews
1689 Shares

सर्लाही, २८ माघ । सर्लाहीको इन्दुशंकर चिनी उद्योगले आधुनिक प्रविधि र उन्नत बीउ प्रयोग गरी उत्कृष्ट उखु उत्पादन गर्ने ४७ जना किसानलाई सम्मान गरेको छ।

उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार किसानलाई प्रोत्साहन गर्दै उखु उत्पादनमा वृद्धि गर्न सम्मान गरिएको हो।

सम्मानित विष्णुपुर निवासी किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त उन्नत बीउ प्रयोग गर्दा प्रतिकठ्ठा उत्पादन ५० क्विन्टलसम्म पुगेको र उत्पादन लागत घटेको अनुभव साझा गरिन्। अर्का किसान माधव थापाले विगतमा प्रति कठ्ठा २० क्विन्टल उखु उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्विन्टलसम्म उखु फलाएको बताए।

उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई उन्नत खेती प्रविधि अपनाउन आग्रह गर्दै स्थानीय, प्रदेश र संघ सरकारलाई उखु जोन कायम गर्न जोड दिए।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले उद्योगसँग सहकार्य गर्दै किसानलाई सिँचाइ, प्रविधि तथा उन्नत बीउविजन उपलब्ध गराउने योजना रहेको जानकारी दिए।

हाल सर्लाहीमा करिब ६४ हजार हेक्टरमा उखु खेती हुँदै आएको छ। जिल्लामा इन्दुशंकर, अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योग सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *