वीरगन्ज :

तत्काल प्रधानमन्त्री, मन्त्री बन्न राजनीतिमा नआएका सिके राउतकाे दाबी

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.5kViews
1435 Shares

काठमाडौँ, २७ माघ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरु राजनीतिमा नलागेको बताएका छन्।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताए।

उनले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भए पनि त्यसका लागि धैयर्ता राख्नुपर्ने बताए। आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभई विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको उनले दाबी गरे।

‘हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएको होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ। त्यसमा समय लाग्छ। त्यो यत्तिकै रातारात हुनेकुरा होइन,’ उनले भने।

अध्यक्ष राउतले पुराना राजनीतिक दलहरुबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताए। पुराना राजनीतिक दलहरु पनि रातारात नआएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *