वीरगन्ज :

उपचारमा लापरबाही गर्ने दर्ता-विहीन मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको कडा निर्देशन

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.6kViews
1892 Shares

जनकपुर,२६ माघ । उपचारमा लापरबाही गरेको जनकपुरस्थित दर्ताविहीन मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन्।

शुक्रबार राति ११ बजे अस्पताल पुगेका मुख्यमन्त्री सिंहले सञ्चालकलाई बिहान ११ बजेसम्म अस्पताल बन्द गरेर साँचो सरकारलाई बुझाउन आदेश दिएका हुन्।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीया बबिता कुमारी यादव बेहोसी अवस्थामा छिन्। यो घटना सार्वजनिक भएपछि मुख्यमन्त्री सिंह शुक्रबार साँझ अस्पताल पुगेका थिए। सञ्चालक नभेटिएपछि राति ११ बजे पुनः अस्पताल पुगेका उनले दर्ता कागजात माग गरेका थिए।

दर्ता नभएको पुष्टि भएपछि मुख्यमन्त्रीले अस्पतालमा उपचाररत तीन बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र अस्पतालमा ताल्चा लगाएर साँचो बुझाउन निर्देशन दिए।

मुख्यमन्त्री सिंहको निर्देशन ‘यहाँ रहेका बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गर्नु। बिहान ११ बजेसम्म अस्पतालमा ताला लगाएर साँचो सरकारलाई बुझाउनू। गम्भीर अवस्थामा पुगेको बिरामीलाई राम्रो अस्पतालमा लैजानू।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *