वीरगन्ज :

११ फरार प्रतिवादी पर्सा प्रहरीको नियन्त्रणमा

श्रेणी : अपराध

6 months
Pradeep Sah
1.9kViews
1703 Shares

वीरगन्ज, २५ माघ । पर्सा जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ११ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

फैसला कार्यान्वयन विशेष टोलीले माघ २३ देखि २४ गतेसम्मको अभियानमा फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई माघ २४ गते पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरिक्षक किसोर लम्साले जानकारी दिए ।

पक्राउ परेकाहरूविरुद्ध विभिन्न मुद्दामा जरिवाना तथा कैद सजाय तोकिएको थियो। अदालतको निर्देशनअनुसार फैसला कार्यान्वयनका लागि थप कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *