वीरगन्ज :

पर्साबाट स्रोत नखुलेको सात लाखसहित एक जना पक्राउ

श्रेणी : अपराध

2 years
Pradeep Sah
2.9kViews
1083 Shares

वीरगन्ज, २४ माघ । पर्सा प्रहरीले स्रोत नखुलेको सात लाख रुपैयाँसहित पर्साकै बिन्दवासिनी गाउँपालिका वाडा न. ३ बस्ने ४३ वर्षीय अयज कुमार साहलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १० आदर्शनगर सडकखण्डबाट उनलाई बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किसोर लम्सालका अनुसार साहको शरीर खानतलासी गर्दा ट्याक्सुटको दुवै साइडका खल्तीमा लुकाएर राखिएका नेपाली हजार दरका सात सय थान नोट गरी जम्मा रु सात लाख बरामद गरिएको हाे ।

प्रहरीले साहमाथि हुण्डी कारोबारको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *