वीरगन्ज :

दाजुको हत्या आरोपी २० वर्षपछि सप्तरीबाट पक्राउ

श्रेणी : अपराध

6 hours
Pradeep Sah
2.6kViews
1136 Shares

काठमाडौं, २३ माघ । सप्तरीको महादेवा गाउँपालिकाका उमेश रजकलाई २० वर्षपछि आफ्नै दाजुको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। उनीमाथि २०६१ सालको माघ महिनामा ४० वर्षीय दाइ गणेश रजकको हत्या गरेको आरोप छ ।

पक्राउ पर्ने उमेश रजक २० वर्षसम्म फरार थिए, र उनलाई सप्तरी जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

हाल उनलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *