वीरगन्ज :

सामाजिक सञ्जाल विधेयकको विरोधमा एकजुट भए नेपाली कन्टेन्ट क्रियटरहरू

श्रेणी : प्रदेश

6 hours
Pradeep Sah
3.0kViews
1432 Shares

काठमाडौं,२३ माघ । सामाजिक सञ्जाल नियमन गर्न ल्याइएको विधेयक २०८१ को विरोधमा नेपाली कन्टेन्ट क्रियटरहरू एकजुट भएका छन्। द नेपाली कमेन्ट, इन-डेफ्थ स्टोरी, प्रोजेक्ट कुरा, र्‍यान्डम नेपाली, ह्वाई सो अफेन्डेड, मिसगाइडेड नेपाललगायतका युट्युब च्यानलका कन्टेन्ट क्रियटरहरूले एकसाथ भिडिओ सार्वजनिक गर्दै विधेयकको चर्को आलोचना गरेका हुन्।

द नेपाली कमेन्टका सञ्चालक दिपेश त्रिपाठीले विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र सरकारलाई आलोचना दबाउने अधिकार दिने बताएका छन्। ‘हामीले विभिन्न दृष्टिकोण भए पनि यो विषयमा एकसाथ उभिनु जरूरी ठानेका छौं। यो विधेयक सबैका लागि हानिकारक छ,’ उनले भने।

इन-डेफ्थ स्टोरीका सुदीप भाइ सुवेदीले पनि प्रस्तावित विधेयकलाई लोकतन्त्रका लागि प्रत्यक्ष खतरा भने। ‘सामाजिक सञ्जालमा लाइक, शेयर वा कमेन्ट गरेकै आधारमा जेल सजायको प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्छ,’ उनले भने।

कन्टेन्ट क्रियटरहरूले विधेयकका प्रावधानहरू अस्पष्ट र दमनकारी भएको तर्क गर्दै ठूलो जरिवानाको व्यवस्था अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन्। उनीहरूले यो कानुनको विरोधमा लडाइँ जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *