वीरगन्ज :

धरानमा रोकिराखेको कारबाट ४१० किलो गाँजा बरामद

श्रेणी : अपराध

6 hours
Pradeep Sah
1.7kViews
1950 Shares

धरान,२३ माघ । धरान उपमहानगरपालिका–६ पानमारा जंगलस्थित सडकमा रोकी राखिएको कारबाट प्रहरीले ४१० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बा १५ च ७६३३ नम्बरको कार तलासी गर्दा गाँजा फेला पारेको हो।

त्यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–६ बाँसबारीबाट पनि प्रहरीले अवैध लागूऔषध गाँजा करिब १९ किलो बरामद गरेको छ। प्रहरी चौकी घुस्कीहाटबाट खटिएको टोलीले लुकाई छिपाई राखिएको सुट केसबाट उक्त गाँजा फेला पारेको हो।

दुवै घटनामा गाँजा तस्करीमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *