वीरगन्ज :

नेपाल औषधि लिमिटेडले कुशल उत्पादन अभ्यास प्रमाणपत्र प्राप्त गर्‍यो

श्रेणी : प्रदेश

6 hours
Pradeep Sah
1.8kViews
1370 Shares

काठमाडौं, २२ माघ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका लागि आवश्यक कुशल उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ। औषधि व्यवस्था विभागले सोमबार लिमिटेडलाई आवश्यक निरीक्षण र मूल्याङ्कनपछि यो प्रमाणपत्र प्रदान गरेको हो ।

लिमिटेडले गत जेठ ७ गते विभागमा प्रमाणपत्रका लागि निवेदन दिएको थियो। विभागले विज्ञ टोली खटाउँदै अवलोकन तथा निरीक्षण गरेपछि औषधि उत्पादनमा निर्धारित मापदण्ड कायम गरेको पाइएकोले प्रमाणपत्र प्रदान गरिएको हो ।

लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले यो उपलब्धिले कम्पनीलाई थप प्रेरणा दिएको बताउँदै भविष्यमा देशभर आवश्यक पर्ने औषधि उत्पादनमा ध्यान दिने योजना रहेको बताए ।

यस प्रमाणपत्रले नेपाल औषधि लिमिटेडलाई औषधि उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने संस्थाको रुपमा स्थापित गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *