श्रेणी : प्रदेश
बीरगन्ज,२७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती शनिबार बीरगन्जमा औपचारिक कार्यक्रमसहित मनाइएको छ।
देशभक्त राजभक्त समूहद्वारा आयोजित कार्यक्रम बीरगन्जको महावीरस्थानमा सम्पन्न भएको हो। कार्यक्रममा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै नेपालको एकीकरणमा उनको ऐतिहासिक योगदानको चर्चा गरिएको थियो।
देशभक्त राजभक्तका अध्यक्ष दीपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सतीष कुमार श्रीवास्तव, पशुपतिविक्रम शाह, अब्दूल सतार अन्सारी, वीरेन्द्र थापा, महनेन्द्र साह, शम्भु चौरसिया, पृथ्वी झा, र ध्रुवसिंह ठकुरी लगायतको उपस्थिति थियो।
वि.सं. १७७९ पुस २७ गते गोरखामा जन्मेका पृथ्वीनारायण शाहले वि.सं. १७९९ मा राजगद्दी सम्हालेर नेपाललाई एकीकृत गर्ने अभियान सुरु गरेका थिए। उनको नेतृत्वमा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो।
पृथ्वीनारायण शाहको नेतृत्वपछि नेपाल राज्यलाई पश्चिममा किल्ला काँगडासम्म विस्तार गर्ने कार्य उनका उत्तराधिकारीहरूले अघि बढाएका थिए।
प्रतिक्रिया