वीरगन्ज :

पुस मसान्तभित्र कर बुझाउन राजस्व विभागको ताकेता

श्रेणी : अर्थ

4 weeks
Pradeep Sah
2.0kViews
1837 Shares

काठमाडाैं,२७ पुस । आन्तरिक राजस्व विभागले पुस मसान्त अर्थात पर्सि सोमवारभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ ।

विभागले आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो ।

आयकर ऐन अनुसार यस आर्थिक वर्षको कारोबारको अनुमानित करको विवरण र त्यस विवरणअनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम पुस मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेको विभागले स्मरण गराएको छ ।

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर र कर विवरण बुझाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *