वीरगन्ज :

बीरगन्जको गहवामाई मन्दिर प्रांगणमा २,१०० वटा दीप प्रज्वलन गरिने

श्रेणी : धर्म संस्कृति

7 months
Pradeep Sah
2.9kViews
1437 Shares

बीरगन्ज, २५ पुस । आगामी शनिबार बीरगन्जको गहवामाई मन्दिर प्रांगणमा २,१०० वटा दीप प्रज्वलन गरिने भएको छ। यो विशेष कार्यक्रम रामजन्मभूमी भारतको अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिष्ठा र राम मन्दिर उद्घाटनको वार्षिक उत्सवको अवसरमा आयोजना गरिने हो।

गहवामाई मन्दिर सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार, दीप प्रज्वलन कार्यक्रम पुस २७ गते शनिबार साँझ ५:३० बजे मन्दिर प्रांगणमा हुनेछ।

समितिले यस कार्यक्रमलाई अझ भव्य र धार्मिक बनाउने उद्देश्यले सबै भक्तजनलाई सहभागी हुनका लागि सार्वजनिक अपिल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *