वीरगन्ज :

वीरगन्ज नाकामा पर्यटकका लागि एकीकृत सुरक्षा चेकप्वाइन्टको व्यवस्था गर्ने तयारी

श्रेणी : अन्तर्राष्ट्रिय

3 months
Pradeep Sah
2.6kViews
1036 Shares

वीरगन्ज,२४ पुस । नेपाल भ्रमणका लागि भारतीय पर्यटकहरूको आवागमन बढिरहेको छ, तर वीरगन्ज नाकामा बारम्बारको सुरक्षा चेकजाँचले उनीहरूलाई असहज महसुस गराएको छ । यही समस्यालाई मध्यनजर गर्दै पर्साको स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरू एकीकृत सुरक्षा चेकप्वाइन्ट (Integrated Checkpoint) स्थापना गर्ने तयारीमा छन् ।

हालको अवस्थामा, भारतीय पर्यटक वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्दा शंकराचार्य गेटदेखि नयाँ बसपार्क चोकसम्मका ६ स्थानमा सुरक्षा चेकजाँच गरिन्छ, जसले पर्यटकलाई निकै असुविधा पुर्याएको छ। यस समस्यालाई सम्बोधन गर्न पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकीकृत चेकप्वाइन्ट स्थापनाको प्रस्ताव गरेका छन् ।

उनका अनुसार, वीरगन्ज नाकामा एक मात्र स्थानमा सुरक्षा चेकजाँच गर्ने प्रणाली लागू गरिने छ, जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी एकैसाथ चेकजाँच गर्नेछन् । चेकजाँचपछि पर्यटकको गाडीमा पंहेलो कार्ड टाँस्नेछ र त्यो कार्डसँगै पर्यटकको गाडी बारा र मकवानपुरसम्म बिना कुनै चेकजाँच पुग्न सक्नेछन् ।

अर्यालले भने, “यो व्यवस्था लागू भएमा भारतीय पर्यटकलाई कमसेकम दुई स्थानमा मात्र चेकजाँच गरेर यात्रा गर्न सजिलो हुनेछ। यस कार्यको लागि हामी पर्सा, बारा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरिरहेका छौं ।”

अर्कोतर्फ, भारतीय पर्यटकलाई २५ हजार भारु भन्दा बढी रकम लिएर आउन नपाउने कानूनी प्रावधानको विषयमा पनि चर्चा गरिएको छ। अर्यालले भने, यस विषयमा कानूनी जटिलता भए पनि व्यवहारिक समाधान खोज्ने प्रयास भइरहेको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले आयोजना गरेको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक र अन्य पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *