वीरगन्ज :

बारामा रास्वपाभित्र हलचल : संस्थापक सभापति स्वर्णकारको सदस्यता खारेज

श्रेणी : BANNER

7 hours
Pradeep Sah
1.6kViews
1522 Shares

बीरगन्ज,०७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका संस्थापक सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरेको छ।

पार्टीको केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठद्वारा जारी पत्रअनुसार केन्द्रीय अनुशासन आयोगको सिफारिसका आधारमा स्वर्णकारमाथि कारबाही गरिएको हो। २०८३ वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको बताइएको छ।

बारा निवासी स्वर्णकार पार्टी स्थापनाकालदेखि नै जिल्ला तहमा सक्रिय रहँदै नेतृत्वदायी भूमिकामा काम गर्दै आएका थिए। तर, पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अनुशासन आयोगले कारबाही सिफारिस गरेको र सोही आधारमा केन्द्रीय समितिले निर्णय गरेको बुझिएको छ।

उक्त निर्णयको जानकारी मधेस प्रदेश समिति तथा जिल्ला समितिलाई समेत पठाइएको छ। स्वर्णकारमाथिको कारबाहीलाई बारा जिल्लामा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *