वीरगन्ज :

पर्साबाट ५० किलो गाँजासहित चार जना पक्राउ

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.9kViews
1659 Shares

वीरगन्ज, २४ पुस ।  पर्साको बहुदरमाई र वीरगन्ज क्षेत्रका चार व्यक्तिलाई प्रहरीले ५० किलो गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका(१ का पारस यादव र मैनादिन मियाँ, वडा नम्बर–७ का अकवर मियाँ, तथा सोही वडाको छपकैया टोलका शिव महतो रहेका छन् ।

वीरगन्ज महानगरपालिका(२० हरपतगञ्ज चोक नजिकै कुलोको बाटो हुँदै गाँजा बोकेर हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले एनपीडीलाई जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *