वीरगन्ज :

जसपा नेतृ डा.सिंह यादवको पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.0kViews
1871 Shares

जनकपुर,१८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवको पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। बुधबार रातिदेखि भाइरल भएको उक्त भिडियोमा उनी पेस्तोल पड्काउँदै रमाइरहेकी देखिन्छिन्। भिडियो कहाँ र कहिले खिचिएको हो भन्ने कुरा भने अझै स्पष्ट भएको छैन।

डा. यादव सप्तरीको बोदे बरसाईन नगरपालिका–५ की स्थायी बासिन्दा हुन्। उनी जसपा नेपालकी केन्द्रीय सदस्य मात्र नभई राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी पनि हुन्।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले यस विषयमा अनुसन्धान सुरू गरेको छ। सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले भिडिओ आफूले पनि हेरेको जनाउँदै, “उहाँलाई बोलाएर सोधपुछ गर्ने तयारी भइरहेको छ। अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइनेछ,” भन्ने प्रतिक्रिया दिएका छन्।

सार्वजनिक रूपमा हातहतियार प्रयोग गर्दै नाचगान गरेको भिडियोले नेतृ यादवप्रति विभिन्न कोणबाट आलोचना भइरहेको छ भने यसले राजनीतिमा नैतिकता र जिम्मेवारीको बहस पनि चर्किएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *