वीरगन्ज :

बलात्कार आरोपमा जेल रहेका आशारामलाई स्वास्थ्यका आधारमा अन्तरिम जमानत

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
2.7kViews
1182 Shares

काठमाडाैँ,२३ पुस । बलात्कारको गम्भीर आरोपमा सन् २०१३ देखि जेलमा रहेका धर्मगुरु आशारामलाई भारतको सर्वोच्च अदालतले स्वास्थ्यका आधारमा अन्तरिम जमानत दिएको छ।

सर्वोच्च अदालतले आशारामलाई चिकित्सा कारणले मार्च ३१ सम्मका लागि अन्तरिम जमानत दिएको हो। साथै, अदालतले उनलाई आफ्ना अनुयायीहरूलाई भेट्न र सार्वजनिक रूपमा सम्पर्क गर्न नपाउने कडा निर्देश जारी गरेको छ।

सन् २०१३ मा सुरतकी एक महिलाले आशारामसहित अन्य सात जनाविरुद्ध बलात्कार र शारीरिक बन्धक बनाएको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन्। उजुरीमा २००१ देखि २००६ सम्म अहमदाबादको बाहिरी क्षेत्रमा रहेको आश्रममा आशारामले आफूलाई बलात्कार गरेको आरोप छ।

अभियोगमा संलग्न एक अभियुक्तको सुनवाइका क्रममा मृत्यु भइसकेको छ।

आशारामविरुद्ध विभिन्न स्थानमा दायर बलात्कार र आपराधिक गतिविधिका मुद्दाहरूले उनलाई विवादित बनाएको छ। यसपटक अदालतको निर्णयले थप बहस र चर्चाको विषय उठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *