वीरगन्ज :

पर्साका ग्रामीण भेगमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूल्क कार्यक्रम

श्रेणी : मधेस

1 month
Pradeep Sah
1.6kViews
1133 Shares

वीरगन्ज, २० पुस । पर्सा लगायत तराईमा बाक्लो हुस्सु र कुहिरो कारण जनजीवन प्रभावित भएको छ । हुस्सु र कहिरोका कारण सवारी दुर्घटना बढ्न सक्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्साले दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूल्क कार्यक्रम संम्पन्न् गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार, दुर्घटना नियन्त्रणका लागि आकस्मिक र नियमित रूपमा चेकिङको व्यवस्था गरिएको छ । चालकलाई सचेत गराउँदै ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने उद्देश्यले “बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न” भन्ने मूल नाराका साथ अभियान अगाडि बढाइएको छ ।

कार्यक्रम अन्तर्गत, ट्राफिक प्रहरीले सवारी चालकहरूलाई सुरक्षित गतिमा सवारी चलाउन अनुरोध गर्दै बत्ती, ब्रेक, र टायरको अवस्था जाँच गर्न समेत सुझाव दिएको छ। साथै, घना कुहिरोको समयमा विशेष सतर्कता अपनाउन र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गरिएको छ ।

यस प्रकारका सचेतनामूलक कार्यक्रमले दुर्घटनाको सम्भावना घटाउनुका साथै जनताको जीवनरक्षा गर्ने विश्वास प्रहरीले व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *