वीरगन्ज :

नवलपरासीबाट कुकुर मारेको आरोपमा दुई जना पक्राउ

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.7kViews
1051 Shares

काठमाडौँ, १८ पुष । निर्दयी ढंगले ६ वटा कुकुर मारेर नदीमा बगाएको आरोपमा प्रहरीले नवलपरासी पश्चिमबाट दुई जनालाई पक्राउ गरेको छ ।

एउटा माउ र त्यसका ५ वटा छाउरा कुकुर मारेर नारायणी नदीमा बगाएको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका ५ बेलवानी घर भएका ३३ वर्षीय राजकुमार सारु र २८ वर्षीय अमनकुमार चिडी मगरलाई पक्राउ गरेको हो ।

यही पुस १३ गते उनीहरुले गाउँबाट एउटा माउ कुकुर र त्यसका ५ वटा छाउराछाउरी नारायणी किनारमा लगेर ढुंगामा बजारेर मार्दै नदीमा बगाएका थिए। उक्त भिडिओ उनीहरुले फेसबुमा पोस्ट गरेका थिए ।

स्थानीयको उजुरीपछि बुधबार उनीहरुलाई पक्राउ गरेर मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

‘राजकुमारले कुकुर मारेको र अमनकुमारले भिडियो खिचेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेको पाइएको छ,’ डीएसपी बोहराले भने, ‘उनीहरुलाई हामीले पक्राउ गरेर मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरेर कारबाही अघि बढाइएका छौँ ।’

उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान कार्य भइरहेको बोहराले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *