वीरगन्ज :

पार्टी निर्णयको अवज्ञा: भीम रावल निष्कासित, बिन्दा पाण्डे र उषाकिरण तिम्सिना निलम्बित

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
2.8kViews
1904 Shares

काठमाडौँ,११ पुस । नेकपा एमालेले पार्टी निर्णयको अवज्ञा गरेको भन्दै नेता भीम रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। यस्तै, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ।

मङ्गलबार बसेको सचिवालय बैठकले यी तीन नेतामाथि कारवाही गर्ने निर्णय गरेको हो। नेता रावललाई केन्द्रीय सल्लाहकारको भूमिका ननिभाएको भन्दै पार्टीको सङ्गठित सदस्यबाट हटाइएको छ।

पाण्डे र तिम्सिनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणमा व्यवसायी मीनबहादुर गुरुङबाट दान लिएको विषयलाई आलोचना गरेका थिए। कात्तिक ४ मा उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो, तर स्पष्टीकरणमा ‘गल्ती स्वीकार नगरेको’ भन्दै उनीहरूलाई निलम्बन गरिएको हो।

पाण्डे र तिम्सिनाले स्पष्टीकरणमा ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउनु उचित छैन’ भन्ने धारणा राखेका थिए। उनीहरूको भनाइमा यस्तो टिप्पणी कारबाहीको विषय हुन सक्दैन। भने, निष्क्रिय रहेका रावलले स्पष्टीकरण नै दिएका थिएनन्।

पार्टी निर्णयको अवज्ञामा कारवाही गरिएपछि एमालेमा विवाद झन् चुलिएको छ। आगामी दिनमा यो निर्णयले थप राजनीतिक खिचातानी निम्त्याउने संकेत देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *