वीरगन्ज :

आज वीरगन्जबाट काठमाडौँ हुँदै लामिछानेलाई पोखरा लगिने

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.8kViews
1717 Shares

वीरगन्ज, २६ मसिर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्साको वीरगन्ज पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग मंगलबार जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा झण्डै चार घण्टा बयान लिइएको छ ।

सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिएका हुन् । सरकारी वकिलको कार्यालयमा बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा गएको कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमवार बेलुका सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएको थियो । उनलाई आज पोखरा फिर्ता पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *