वीरगन्ज :

अनैतिक कार्यमा सलंग्न एक दर्जन मिहला र पुरुष पक्राउ

श्रेणी : मधेस

2 years
Pradeep Sah
3.2kViews
1950 Shares

वीरगंज (पर्सा), २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले बेश्यावृती कार्यमा सलंग्न ७ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले साेमबार दिउसाे ४ बजेकाे समयमा वीरगंज १६ स्थित ईनर्वाबाट वरिपरी रहेकाे हाेटलहरु छापामारी गरि १२ जना महिला र पुरुषलाई पक्राउ गरेकाे हाे ।

भन्सार वरिपरी रहेका होटलहरूमा अनैतिक क्रियाकलाप भैरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले अनैतिक कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

इनर्वाका विभिन्न स्थानहरूबाट १२ जना महिला र पुरुपहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भैरहेको उनले वताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *