वीरगन्ज :

हनुमान जन्माेत्सवकाे अवसरमा वीरगंजमा वृहत शोभा यात्रा

श्रेणी : BANNER

8 months
Pradeep Sah
2.1kViews
1694 Shares

वीरगंज (पर्सा), १५ वैशाख । हनुमान जन्माेत्सवकाे अवसरमा शनिबार वीरगंजमा वृहत शोभा यात्रा सम्पन्न भएकाे छ । बिश्व हिन्दु परिषद संघकाे आयाेजनामा निस्केकाे साेभा यात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे हाे ।

वीरगंजकाे घण्टाघरबाट सुरु भएको शोभा यात्रा माइस्थान, महाबिरस्थान, आदर्शनगर, अलखियामठ, विर्ता छपकैया हुँदै पुन: घण्टाघरमा पुगेर सम्पन्न भएकाे थियो । बाजागाजा र झाकीसहित निस्केकाे शोभा यात्रामा उल्लेख्य संख्यामा हिन्दु धर्मावलम्बी एवम् भक्तजन तथा दर्शनार्थीहरुको सहभागिता रहेको थियो । गत बर्ष झै यस बर्ष पनि निस्केकाे शाेभा यात्राकाे क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यान राखेर बाक्लाेमा संख्या नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटिएका थिए । पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) कुमाेद ढुंगेल नेतृत्वमा दर्जनाैं प्रहरी अधिकृत तथा सयाैंकाे संख्यामा प्रहरीहरु खटिएका थिए ।

शाेभा यात्रामा हजाराैंकाे संख्यामा सहभागिता रहेकाे थियाे । शाेभा यात्राका सहभागिहरुलाई स्थानियहरुले विभिन्न ठाउँमा स्वागत गर्नुकाे साथै चिसाे पानी र सरबत खुवाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *