वीरगन्ज :

भिस्वा छोटी भंसारमा नि:शुल्क स्वास्थ्य शिविर

श्रेणी : मधेस

1 year
Pradeep Sah
3.0kViews
1736 Shares

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नम्बर ५ भिस्वाको छोटी भंसार कार्यालयमा शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

शिविरमा २ सय जना महिला र ३ सय पुरुष गरी ५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । यसैगरी १ सय ३ जनाले आँखा चेकजाँच गराएकाे आयाेजकले जनाएकाे छ ।

सिमा क्षेत्रमा सिमा सुरक्षा संगै सिमावासीलाई सेवा पुर्याई सहकार्य गर्ने उद्देश्यले शशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर १३ नम्बर गणको आयोजनामा र प्रस्तावित सशस्त्र सिमा सुरक्षा गुल्म लहावरथकरीको सहजीकरणमा आयाेजना गरिएकाे शिविरमा नि:शुल्क औषधी समेत बितरण गरिएको थियो ।

शिविरको उद्घाटन शस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायाण दत पौडेलले गरेका थिए ।

शिविरमा सशस्त्र प्रहरी नायव महानिरिक्षक मधेश प्रदेश प्रमुख दिपेन्द्र शाह, प्रस्तावित सिमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी प्रेम कठायत, छिपहरमाई गाउँपालिकाकी उपाध्यक्ष लिलावती देवी साह, प्रभु हस्पीटलकी संचालिका डा. लक्ष्मी थापा, कार्यक्रम संयोजक दिलिप राज कार्की लगायतको सहभागीता रहेको थियो ।

शिविरमा बरिष्ट फिजिसियन शिव कुमार झा, बरिष्ट हाडजोर्नी तथा नशारोग बिशेषज्ञ अरबिन्द साह, प्याथोलोजी डा. निरज साह, मेडिकल अफिसर डा. प्रतिभा थापा, आखा बिशेषज्ञ महेश सिंह धामी लगायतकाले स्वास्थ्य तथा आँखा परिक्षण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *