वीरगन्ज :

समाजिक संस्थाकाे अध्यक्षमा पुन: देवान र उपाध्यक्षमा चाैहान निर्वाचित

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.7kViews
1886 Shares

वीरगंज । समाजिक संस्था जिल्ला समन्वय समिति पर्साकाे अध्यक्ष पुन: इब्राहिम देवान निर्वाचित भएका छन् । राैतहटकाे चन्द्रनिगाहपुरमा सम्पन्न संस्थाकाे २९ औं साधारण सभामा देवानकाे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

संस्थाकाे नयाँ कार्यसमितिकाे उपाध्यक्षमा चन्देश चाैहान, महासचिवमा कासी साह, सचिवमा निर्माला भण्डारी, काेषाध्यक्षमा विनाेद यादव, सदस्यमा मंजु यादव, हरि यादव, हरिशंकर साह, राम अयाेध्या प्रसाद यादव निर्वाचित भएकाे निर्वाचन अधिकृत बृजकिशाेर पटेलले जानकारी दिए ।

अध्यक्ष पदकाे लागि देवानसहित रामाकान्त पटेल र रामप्रबेश साहले उम्मेदवारी दिएका थिए । अन्य पदाधिकारीकाे लागि पनि दुई/दुई जनाकाे र ४ सदस्य पदका लागि १२ जनाकाे उम्मेदवारी परेकाे थियाे ।

चन्द्रनिगाहपुरस्थित हाेटल हिमालयनमा भएकाे साधारण सभाकाे उद्घाटन राैतहटकाे माैलापुर नगरपालिकाकी मेयर रिना साहले गरेकी थिइन ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *