बीरगन्ज,०४ साउन । बीरगन्ज महानगरपालिका वडा नं. १६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन तथा पूजा–पाठ कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु भएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहप्रति वडा कार्यालयले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।
नयाँ भवन निर्माणसँगै वडाबाट प्रवाह हुने सेवा अझ व्यवस्थित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ। स्थानीय सेवाग्राहीलाई आवश्यक प्रशासनिक सेवा आफ्नै वडाबाट छिटो र सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ भवन निर्माण गरिएको जनाइएको छ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। वडा कार्यालयले भवन निर्माण तथा उद्घाटन कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया