वीरगन्ज :

बारामा लागू औषध गाँजासहित ३ जना पक्राउ

श्रेणी : मधेस

1 year
Pradeep Sah
3.0kViews
1901 Shares

वीरगंज (पर्सा), १६ फागुन । बारा प्रहरीले लागू औषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ ।

बाराकाे आदर्श कोतवाल गाँउपालिका वडा नं. ३ बतरा निवासी २७ बर्षिय सरोज कुमार गिरी, रौतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नं. ३ मेवा निवासी ५० बर्षिय रामानन्द साह र साेही ठाउँ निवासी ४५ बर्षिय चुलाई महरालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका कै वडा नं. ४ गंगानगर स्थितबाट १५ किलाे लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

बारागढीबाट भारत तर्फ जाँदै गरेको ना ३८ प १४११ नम्बरकाे मोटरसाइकल मंगलबार राति १०:३० बजे शंका लागि रोकी चेक जाँच गर्दा लागु औषध बरामद भएपछि उक्त माेटरसाइकल र लागु औषधसहित तीनै जनालाई नियन्त्रणमा लिएकाे उनले वताए ।

पक्राउ परेका तीनै जना विरुद्ध लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *