
श्रेणी : BANNER
वीरगंज । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १२ जना दोषी ठहर भएका छन् । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा फैसला सुनाउँदै १२ जनालाई दोषी ठहर गरेको हो ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै दाेषी ठहर गरेकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।
यसैगरी विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ ।
त्यस्तै तत्कालीन मालपोत अधिकृत कलाधर देउजा, शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित १२ जनालाई अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा मङ्गलबार सकिएको थियो । कालिका टाईम्स


प्रतिक्रिया