श्रेणी : BANNER
वीरगंज । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन् ।
ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा उच्छृंखल समुहले ढुंगामुढा गर्दा स्थानीय २५ बर्षिय नरेश राम घाइते भएका हुन् ।
सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरू माथि एक्कासि ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलो फालिएको प्रत्यक्षदर्शी स्थानीय बाबुलाल साहले बताए । त्यस क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मूकदर्शक बनेको उनको भनाई छ ।
घाइते भएका युवकका स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएकाे प्रहरीले जनाएकाे छ । उक्त क्षेत्रमा कुनैपनि धार्मिक एवं सम्प्रदायिक तनाव हुन नदिन व्यापक संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको रौतहटका प्रहरी उपरिक्षक (एसपी) महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । कालिका टाईम्स
प्रतिक्रिया