वीरगन्ज :

१९ वटा स्थानमा वडावासीलाई आगो ताप्ने व्यवस्था : वडाध्यक्ष कानु

श्रेणी : BANNER

2 years
Pradeep Sah
3.1kViews
1430 Shares

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० ले वडाका विभिन्न १९ स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

शीतलहरको बेलामा वडावासीलाई परेको समस्यालाई मध्यनजर गर्दै वडाध्यक्ष सुशील कुमार कानुले वडाका विभिन्न १९ वटा स्थानमा दाउरा आगो ताप्ने व्यवस्था मिलाएका हुन् । पछिल्लो तिन दिनदेखि ह्वातै बढेको चिसोको कारण वडावासीलाई साथै बाहिर बसेर काम गर्नु पर्नेहरूलाई भइरहेको समस्याको निवारणका लागि मङ्गलबारदेखि दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको वडाध्यक्ष कानुले बताए ।

वडाध्यक्ष कानुले वडावासी तथा स्थानीयहरूको राहतका लागी ठाकुरराम क्याम्पस अगाडि, सत्या हल अगाडि, घडिअर्वा चोक, बाबा मठिया चोक, बनारसी चोक, वर्णवाल चोक, अशोक वाटिका चोक, रानीघाट चोक, घडिअर्वा गाउँ इनार अगाडि, प्रहरी चौकी अगाडि, कुमारी माई मन्दिर अगाडि, कर कार्यालय अगाडि, होली ल्यान्ड स्कुल अगाडि लगायत गरी १९ स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

शीतलहर रहे सम्म आगो ताप्ने व्यवस्था मिलाउने उनले बताए । अघिल्लो वर्षहरूमा पनि वडाध्यक्ष कानुले यस्तो व्यवस्था गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *