वीरगन्ज :

पुर्व राजा ज्ञानेन्द्रको सिमरामा भव्य स्वागत

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.0kViews
1802 Shares

वीरगंज । पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको बाराको स्थित सिमरामा सोमबार भव्य स्वागत गरिएको छ ।

भैरहवाबाट स्थल मार्ग हुंदै सोमवार अप्रहान्न सिमरा पुगेका शाहलाई नागरिक अभिनन्दन मुल समिति वीरगंजको नेतृत्वमा भव्य स्वागत गरिएको हो ।

निकट भविष्यमा वीरगंजमा हुने पुर्व राजा शाहको स्वागत तथा नागरिक अभिनन्दनका लागी नेपाली कांग्रेसका वरिष्ट नेता अधिवक्ता देवेन्द्र लाल नेपालीको अध्यक्षतामा गठित मुल समितिले स्वागत गरेको हो ।

वीरगंजमा हुने नागरिक अभिनन्दनका साथै बारा र रौतहट जिल्लामा धार्मिक भ्रमणका लागी सिमरा स्थित प्रभुवासमा आएका पुर्व राजा शाहलाई मुल समितिका महासचिव हिरा बहादुर चन्द, कोषाध्यक्ष राजकुमार सिंधी, प्रचार प्रसार उप–समिति संयोजक मानव सेवक लगायतको नेतृत्वमा रहेका हजारौ सर्वसाधारणले स्वागत गरेका हुन् । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *