वीरगन्ज :

चीनको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
48Views
0 Shares

विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टूले चीनले आधारभूत उत्पादनमा मात्र नभई नवीन उत्पादनलाई आविस्कार गर्दै आएको र यसले चीनको बृहङ्गम क्षमता देखाएको उल्लेख गरेका छन् ।

चीनले छोटो अवधिमा कसरी विकासलाई गति दिन सकिन्छ भनेर मात्र नसोचेको र यो भन्दा माथि उठेर विकासको राम्रो गुणस्तर सुनिश्चित गर्ने योजना बनाएको बताए । अर्थशास्त्रीहरूको विश्लेषणअनुसार, यसवर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ ।

सन् २०२३ मा चीनको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतमा स्थिर रहने अनुमान गरिएको छ तर सन् २०२३ को उत्तरार्द्धमा यसमा सामान्य कमी हुने र सन् २०२४ मा ४ दशमलव ५ प्रतिशत रहने अनुमान प्रतिवेदनमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *