
श्रेणी : BANNER
काठमाडौं । महिला कर्मचारीमाथि यौन हिंसाको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयले अनुसन्धान सकेर कारबाही प्रक्रिया अगाडि बढाएपछि पालले राजीनामा दिएका हुन् । पालले एकजना महिला प्रहरीमाथि यौन हिंसा गरेको घटना बाहिरिएको थियो।
उक्त प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति गठन गरिएको थियो । समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेको थियो। समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले पाललाई स्पष्टीकरण सोधेको थियो ।आफू बर्खास्त समेत हुनसक्ने देखिएपछि पालले राजीनामा दिएका हुन्। प्रहरी प्रवक्ता, डीआईजी कुवेर कडायतले पालले राजीनामा दिएको जानकारी दिएका छन् । सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला प्रहरीलाई ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं।’ भनेका थिए । त्यसपछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना बाहिर आएको थियो।

प्रतिक्रिया