वीरगन्ज :

नेम्वाङ मेरो हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्योः अध्यक्ष ओली

श्रेणी : BANNER

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको बताएका छन् । सामाजिक संजालमार्फत अध्यक्ष ओलीले नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै हितैषी मित्र र सुखदुःखको साथी भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौं । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी !’

नेम्वाङको गएराति निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *