वीरगन्ज :

शान्ति प्रक्रियाका बाँकी कामकाबारेमा होलेनको चासो

श्रेणी : BANNER

2 years
birgunj report
225Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ । आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय हित प्रवर्द्धन, कार्यान्वयनमा गएको अमेरिकी सहायता परियोजना एमसीसी, शान्ति प्रक्रियाका बाँकी कामका सन्दर्भमा कुराकानी भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।भेटमा अमेरिकी सिनेटर होलेनले एमसीसी पारित गरेर कार्यान्वयनमा लगेकोमा खुसी व्यक्त गरेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले एमसीसी पारित भएर कार्यान्वयनमा लैजान आफूहरूले भूमिका खेलेको स्मरण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *