वीरगन्ज :

माओवादीको रुपान्तरण अभियान सयवटा मुसा खाएर बिरालोको तीर्थ यात्रा जस्तैः बाबुराम भट्टराई

श्रेणी : BANNER

1 year
birgunj report
111Views
0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रले सुरु गरेको रुपान्तरण अभियानलाई सयवटा मुसा खाएर तीर्थ यात्रामा हिँडेको बिरालोसँग तुलना गरेका छन् । सामाजिक सजालमार्फत भट्टराईले माओवादी रुपान्तरण अभियान जनतामा भ्रम छर्ने काम भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे ! केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहन/भागबण्डा,कमिसनखोरी,शक्ति केन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफ सहित जनतामा भ्रम छर्न हिड्नु उस्तै उस्तै भएन र ?’

माओवादीले शनिबारदेखि तीन महिने रुपान्तरण अभियान सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *