वीरगन्ज :

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

श्रेणी : खेलकुद

2 years
birgunj report
172Views
0 Shares

काठमाडौं । एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए ।

नेपालले पहिलो पटक एसिया कपका डेब्यू गरेको हो । नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानसँग खेलेको हो ।

६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अर्को खेल भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *