वीरगन्ज :

वीरगञ्जमा ९औँ प्याब्सन अन्तरविद्यालय टी-२० नकआउट क्रिकेट प्रतियोगिता फागुन ५ गतेदेखि सुरु

श्रेणी : खेलकुद

1 year
Pradeep Sah
3.0kViews
1090 Shares

वीरगञ्ज – प्याब्सन पर्साको आयोजनामा ९औँ प्याब्सन अन्तरविद्यालय टी-२० नकआउट क्रिकेट प्रतियोगिता २०८१ आगामी फागुन ५ गतेदेखि सुरु हुने भएको छ। नारायणी क्रिकेट मैदान, वीरगञ्जमा आयोजना हुने यो प्रतिष्ठित प्रतियोगितामा २० भन्दा बढी प्याब्सन सदस्य विद्यालयका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्देश्य विद्यालयस्तरका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै खेल भावना, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको संस्कृति विकास गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगिता टी-२० नकआउट ढाँचामा सञ्चालन हुनेछ, जहाँ हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीका अनुसार यस्ता खेलकुद गतिविधिले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान गर्नुका साथै उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्छ। सचिव अशोक सङ्ग्रौलाले पनि प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले फागुन २ गतेभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। प्याब्सन पर्सामा दर्ता भएका विद्यालयका टोलीहरूलाई मात्र सहभागीता दिन अनुमति दिइनेछ। थप जानकारीका लागि संयोजक इमामुद्दिन अहमदसँग सम्पर्क गर्न सकिने छ।

प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा आयोजना गर्ने तयारी गरिएको छ। यस प्रतियोगिताले क्षेत्रीय खेलकुद प्रवर्द्धनमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *