श्रेणी : BANNER
162Views
0
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक क्वीन्टल सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।
आइतबार पार्टीको संसदीय दलको बैठकमा कोइरालाले नेपाल तस्करीको अखडा बनेको भन्दै त्यसलाई सदाका लागि बन्द गर्न पनि उच्चस्तरीय समिति गठन आवश्यक रहेको बताएका हुन् ।उनले भारतमा १४ सय टन सुनको खपत हुने र ९ सय टन आयात हुने गरेको तथ्यांक पेस गर्दै उनले ५ सय टन सुन नेपालको बाटो हुँदै तस्करी हुने गरेको बताए । उनले एमालेले किन उच्चस्तरीय छानबिन समितिको माग गरेको हो भन्नेबारे सरकारे सोच्न जरुरी रहेको बताए ।उनले सांसद सुनिल शर्मालाई प्रतिशोध साँधेर अपहरणशैलीमा पक्राउ गरिएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया