वीरगन्ज :

नाइजेरियामा मस्जिद भत्किँदा १० जनाको मृत्यु

श्रेणी : BANNER

2 years
birgunj report
123Views
0 Shares

उत्तरी नाइजेरियाको कादुना राज्यमा एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मोहम्मद जलिगेले दिएको जानकारीअनुसार जारिया शहरमा साँझको प्रार्थनाका क्रममा मस्जिद आंशिक रुपमा भत्किएको थियो ।

प्रहरीले मस्जिदको भग्नावशेषबाट १० जनाको शव निकालिएको र २५ जना घाइतेको उद्धार गरिएको जनाएको छ । घाइतेमध्ये सात जना गम्भीर छन् । उद्धार कार्य समाप्त भएको र घटनाको पूर्ण अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ताले बताएका छन् ।

सन् १८३० को दशकमा निर्माण गरिएको उक्त मस्जिदले दशकौँदेखि विश्वका सबै भागका मुस्लिम धर्मावलम्बीका लागि ढोका खोलेको कादुना राज्यका गभर्नर उबा सानीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *