वीरगन्ज :

अमेरिकी र बेलायती प्रतिबन्धमा रहेका मोहम्मद इरानको सर्वोच्च अदालतको प्रमुख नियुक्त

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
25Views
0 Shares

इरानले अमेरिकी र बेलायती प्रतिबन्धमा रहेका मोहम्मद जाफर मोन्टाजेरीलाई इरानको सर्वोच्च अदालतको प्रमुखमा नियुक्त गरेको छ ।

अदालतका सबै न्यायाधीशको रायलाई ध्यानमा राखेर मोन्टाजेरीलाई सर्वोच्च अदालतको प्रमुख बनाइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ । सन् २०१६ देखि महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका ७५ वर्षीय न्यायाधीशको स्थानमा प्रमुख मोहम्मद काजेम मोवाहेदी आजादले आफ्नो पूर्व पद सम्हाल्ने मिजानले उल्लेख गरेको छ ।

मोन्टेजेरीलाई डिसेम्बरमा अमेरिकी प्रतिबन्धको अधीनमा राखिएको थियो । गत वर्ष इरानमा भएको जनप्रदर्शनका क्रममा ‘प्रदर्शनकारीहरूको अभियोजनको निरीक्षण’ मा उनको भूमिका रहेको अमेरिका र उसका सहयोगीको बुझाइ रहेको छ । जासूसी गरेको आरोपमा बेलायती–इरानी अलीरेजा अकबरीलाई मृत्युदण्ड दिएपछि बेलायतले गत जनवरीमा मोन्टेजेरीविरुद्ध दण्डात्मक कदम चालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *