
श्रेणी : BANNER
14Views
0
Shares
काठमाडौं । आज संवैधानिक परिषद् बैठक बोलाइएको छ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न परिषद्को बैठक बोलाइएको हो । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल साउन २० गते सकिँदैछ । उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।
आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले आजका लागि परिषद्को बैठक बोलाएका हुन् ।

प्रतिक्रिया